कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २९ गते)

असोज २९ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४ हजार ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २९ गते परीक्षण गरिएकामध्ये ११प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार ९२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९ सय ३१ जना निको भएका छन् । असोज २९ गते ७ सय ७७ जना निको भएका छन् भने निको हुनेको दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २९ गतेसम्म ११ हजार २ सय ७७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २९ गते आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३ सय ८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २९ गते २ हजार ६ सय २० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३२ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २९ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ३ सय ४५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २८ गतेसम्म ६४ लाख ६९ हजार १ सय ५९ जनाले पूर्ण खोप पाइसकेका छन् । असोज २९ गते कसैलाई पनि खोप नलगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क