कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २८ गते)

असोज २८ गते ३ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २८ गते परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ४ सय १८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७९ हजार १ सय ५४ जना निको भएका छन् । असोज २८ गते ८ सय ४ जना निको भएका छन् भने निको हुनेको दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २८ गतेसम्म ११ हजार २ सय ६९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २८ गते आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८ सय ५३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २८ गते २ हजार ७ सय ९६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५७ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ३ सय १३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २८ गतेसम्म ६४ लाख ६९ हजार १ सय ५९ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क