कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २७ गते)

  ०७८ असोज २७ गते 

असोज २७ गते ३ सय २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २७ गते परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ७१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७८ हजार ३ सय ५० जना निको भएका छन् । असोज २७ गते ६ सय ९ जना निको भएका छन् भने निको हुनेको दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २७ गतेसम्म ११ हजार २ सय ६१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २७ गते चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार २ सय ६७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २७ गते १ हजार ९ सय २३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३९ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार २ सय ५६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २७ गतेसम्म ६४ लाख ६८ हजार ८ सय ९० जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-27


अनलाइन डेस्क