कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २५ गते)

असोज २५ गते ६ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २५ गते परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ३३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७६ हजार ८ सय ३१ जना निको भएका छन् । असोज २५ गते ८ सय ८८ जना निको भएका छन् भने निको हुनेको दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २५ गतेसम्म ११ हजार २ सय ४३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २५ गते १२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ७ सय ८७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २५ गते ४ हजार ९ सय ६२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय २२ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार १ सय १६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २५ गतेसम्म ६४ लाख ६२ हजार ७ सय ७६ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-25


अनलाइन डेस्क