कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २२ गते)

असोज २२ गते ७ सय १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ९ सय ९७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २२ गते परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ४ सय ६६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७४ हजार १ सय ७३ जना निको भएका छन् । असोज २२ गते १ हजार ३३ जना निको भएका छन् भने निको हुनेको दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २२ गतेसम्म ११ हजार २ सय १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २२ गते १० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ६ सय १४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २२ गते १ हजार २ सय २२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४९ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९२ हजार ८ सय ३९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २२ गतेसम्म ६४ लाख ४१ हजार ६ सय ३२ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-22


अनलाइन डेस्क