कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १९ गते)
असोज १९ गते ७ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९८ हजार ७ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १९ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ५ सय ८२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७१ हजार ३ सय ३८ जना निको भएका छन् । असोज १९ गते १ हजार १ सय १४ जना निको भएका छन् भने निको हुनेको दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १९ गतेसम्म ११ हजार १ सय ८० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १९ गते ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २ सय ४८ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज १९ गते ४ हजार ४ सय ६० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ६ जनालाई कोभिड पुष्टि भएको छ । असोज १९ गतेसम्म एण्टिजेन परीक्षणबाट ९२ हजार ४ सय ५८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १९ गतेसम्म ६४ लाख ९ हजार १ सय ९६ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
छात्रावासमा मृत भेटिएका बालकको घटनामा छानबिन गर्न सञ्जालको माग
वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयको छात्रावासमा मृत भेटिएका बालकको घटनाको छानबिन गर्न मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ । कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्वर ढकालको अध्यक्षतामा…
प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको आरोप
मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–७ स्थित अक्षर पाठशालाका प्रधानाध्यापक साहले ०८० असोज १२ गते पाइपले कुटपिट…
मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकको आयोजनामा असोज १४…
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…