कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १८ गते)
असोज १८ गते ८ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९८ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १८ गते परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ८ सय ९३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७० हजार २ सय २४ जना निको भएका छन् । असोज १८ गते १ हजार जना निको भएका छन् भने निको हुनेको दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १८ गतेसम्म ११ हजार १ सय ७४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १८ गते सात जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज १८ गते ४ हजार ९ सय ८१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय १८ जनालाई कोभिड पुष्टि भएको छ । असोज १८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९२ हजार २ सय ५२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १८ गतेसम्म ६३ लाख ८४ हजार १ सय ७२ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा चाडपर्व लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि निशेध आदेशको अवधि थप गरेको छ । दशैँ मनाउँदा आफ्नो घरमा मात्र सीमित हुने गरी मनाउन, मेला पर्व, जात्रा महोत्साव, कन्सर्ट जस्ता कार्यक्रम नगर्न, मन्दिर तथा देवलहरूमा नियमित पूजामात्र गर्न र भिडभाड नगर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा असोज १७ गते जारी निषेध आदेशमा उल्लेख गरिएको छ ।
बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार तामनखोला गाउँपालिकामा शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । तामनखोला गाउँपालिका-२ खोलेसवाङस्थित खोलेसवाङ आधारभुत विद्यालयमा शिक्षक, विद्यार्थी बिरामी हुन थालेपछि असोज २० गतेदेखि असोज २४ गतेसम्म विद्यालय बन्द गरिएको छ । विद्यालयका एक जना शिक्षकमा कोभिड-१९ पोजेटिभ देखिएको र अन्य शिक्षक र विद्यार्थीमा ज्वरो, रुघा खोकी जस्ता स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय पाँच दिन पूर्ण रुपमा बन्द गरिएको प्रधानाध्यापक कुलबहादुर घर्तिले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…