कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १७ गते)

  ०७८ असोज १७ गते 

असोज १७ गते ५ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९७ हजार १ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १७ गते परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ७० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ६९ हजार २ सय २४ जना निको भएका छन् । असोज १७ गते १ हजार ४ सय ५ जना निको भएका छन् भने निको हुनेको दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १७ गतेसम्म ११ हजार १ सय ६४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १७ गते सात जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय ४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज १७ गते ३ हजार ८ सय ५० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ५ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज १७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९२ हजार ३४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १७ गतेसम्म ६३ लाख ५२ हजार ३ सय २२ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-17


अनलाइन डेस्क