कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १६ गते)

असोज १६ गते ६ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९६ हजार ६ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १६ गते परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ५ सय ९८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ६७ हजार ८ सय १९ जना निको भएका छन् । असोज १६ गते १ हजार १ सय २३ जना निको भएका छन् भने निको हुनेको दर ९६.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १६ गतेसम्म ११ हजार १ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १६ गते नौ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ४२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज १६ गते २ हजार ६ सय २१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ८ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज १६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९१ हजार ९ सय २९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १६ गतेसम्म ६३ लाख ४८ हजार २ सय ७९ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-16


अनलाइन डेस्क