कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १३ गते)

असोज १३ गते ८ सय ९२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९४ हजार १ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १३ गते परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय ५२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ६४ हजार ८ सय ४७ जना निको भएका छन् । असोज १३ गते १ हजार १ सय १३ जना निको भएका छन् भने निको हुनेको दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १३ गतेसम्म ११ हजार १ सय २३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १३ गते ८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १ सय ९३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज १३ गते ३ हजार ८ सय ८९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ६५ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज १३ गतेसम्म एण्टिजेन परीक्षणबाट ९१ हजार ३ सय ७३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १३ गतेसम्म ६२ लाख ३८ हजार १ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-13


अनलाइन डेस्क