कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १२ गते)

असोज १२ गते ९ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १२ गते परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ६ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् । असोज १२ गते १ हजार ३ सय १८ जना निको भएका छन् भने निको हुनेको दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १२ गतेसम्म ११ हजार १ सय १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १२ गते १२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय २२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज १२ गते २ हजार ३ सय ३१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ५४ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज १२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९१ हजार १ सय ८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १२ गतेसम्म ६२ लाख ५ हजार ७ सय ७० जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

 Corona Infographics 2078-06-12


अनलाइन डेस्क