कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १० गते)

असोज १० गते ७ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १० गते परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ५ सय ८९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ६१ हजार १ सय ५४ जना निको भएका छन् । असोज १० गते १ हजार २ सय ७९ जना निको भएका छन् भने निको हुनेको दर ९६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १० गतेसम्म ११ हजार ९६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १० गते ९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार १ सय ४२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज १० गते ५ हजार १ सय ४७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ४ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज १० गतेसम्म एण्टिजेन परीक्षणबाट ९० हजार ५ सय ४७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १० गतेसम्म ६० लाख ३६ हजार ४ सय १ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-10


अनलाइन डेस्क