कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ७ गते)

असोज ७ गते ९ हजार ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८८ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज ७ गते परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ६ सय २९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ५६ हजार ९ सय ५४ जना निको भएका छन् । असोज ७ गते १ हजार ३ सय २४ जना निको भएका छन् भने निको हुनेको दर ९६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज ७ गतेसम्म ११ हजार ७२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज ७ गते १३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ४३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज ७ गते ३ हजार ६ सय १४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ९८ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज ७ गतेसम्म एण्टिजेन परीक्षणबाट ८९ हजार ९ सय ७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज ७ गतेसम्म ५८ लाख ६० हजार ९ सय २९ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-07


अनलाइन डेस्क