कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ५ गते)
असोज ५ गते १ हजार ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज ५ गते परीक्षण गरिएकामध्ये ११ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ६ सय २६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ५४ हजार जना निको भएका छन् । असोज ५ गते १ हजार ८ सय ३० जना निको भएका छन् भने निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज ५ गतेसम्म ११ हजार ५३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज ५ गते ५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय २४ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज ५ गते ३ हजार ९ सय ६९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ९४ जनालाई कोभिड पुष्टि भएको छ । असोज ५ गतेसम्म एण्टिजेन परीक्षणबाट ८९ हजार ३ सय ८२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज ५ गतेसम्म ५६ लाख २८ हजार ७ सय ९२ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार पीडितलाई इन्सेकको सहयाेग
४० वर्षीया बलात्कार पीडित महिलालाई चैत ११ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका जानका लागि ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले मुगु जिल्ला, खत्याड गाउँपालिका…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित १७ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । बालिकाको आमाले आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकोले न्याय प्रक्रियामा…
बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार र कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…