कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ४ गते)
असोज ४ गते ९ सय ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज ४ गते परीक्षण गरिएकामध्ये ९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ७ सय ८६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ५२ हजार १ सय ७० जना निको भएका छन् । असोज ४ गते २ हजार ९ सय ५७ जना निको भएका छन् भने निको हुनेको दर ९५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज ४ गतेसम्म ११ हजार ४८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज ४ गते ८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज ४ गते ३ हजार ३१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय २० जनालाई कोभिड पुष्टि भएको छ । असोज ४ गतेसम्म एण्टिजेन परीक्षणबाट ८९ हजार ८८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज ४ गतेसम्म ५५ लाख ८८ हजार ५ सय १७ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार असोज ४ गते धादिङ अस्पताललाई बागमती प्रदेश सरकारले उपलब्ध गराएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । बगमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटवालले अक्सिजन प्लान्टको उद्घाटन गर्दै अक्सिजन प्लान्ट जडानपछि बिरामी अक्सिजनकै अभावमा मर्नु पर्ने अवस्था नआउने बताउनुभएको छ । जिल्ला अस्पतालको लागि यस अघि शव बहान र भवन मर्मतका लागि रकम उपलब्ध गराएको छ भने भेन्टीलेटर सहित आइसियु सञ्चालनको व्यवस्था भइसकेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले हरेक दिन ५५ सिलिण्डर उत्पादन क्षमता भएकोले पहिला जस्तो अक्सिजन अभाव झेलेर बिरामी बाहिर पठाउनु पर्ने अवस्था नआउने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…