कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २ गते)

  ०७८ असोज २ गते 

असोज २ गते ८ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २ गते परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ५ सय ४० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ४७ हजार ८ सय जना निको भएका छन् । असोज २ गते १ हजार २ सय ३४ जना निको भएका छन् भने निको हुनेको दर ९५.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २ गतेसम्म ११ हजार २८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २ गते १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ८२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २ गते २ हजार ८ सय १८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ३१ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २ गतेसम्म एण्टिजेन परीक्षणबाट ८८ हजार ८ सय ९० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २ गतेसम्म ५५ लाख ६१ हजार ८ सय ५५ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-02


अनलाइन डेस्क