कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १ गते)
असोज १ गते १ हजार ८६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ६ सय ६५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ४६ हजार ५ सय ६६ जना निको भएका छन् । असोज १ गते १ हजार ३ सय ५१ जना निको भएका छन् भने निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १ गतेसम्म ११ हजार १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १ गते १० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ४ सय ९७ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज १ गते ३ हजार ७ सय २० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ७२ जनालाई कोभिड पुष्टि भएको छ । असोज १ गतेसम्म एण्टिजेन परीक्षणबाट ८८ हजार ६ सय ५९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १ गतेसम्म ५५ लाख ७ हजार ३ सय ८० जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय अर्को आदेश नभएसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असोज १ गतेको बैठकको निर्णय बमोजिम निषेध आदेशको समय थप गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले बताउनु भयो । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरू साँझ ६ बजेसम्म खुल्ला गर्न पाइने छ । जिल्लाभित्र ठूला जमघट तथा बढी भीडभाड, सभा सम्मेलन सांस्कृतिक कार्यक्रम, जुलुस पूर्ण रूपमा बन्द गरिएता पनि शैक्षिक संस्था भने सिफ्टका आधारमा स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालन गरि चल्न दिने निर्णय गरिएको निमित्त प्रजिअ भण्डारीले बताउनु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…