कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २९ गते)
भदौ २९ गते १ हजार १ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७९ हजार ४ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २९ गते परीक्षण गरिएकामध्ये ११ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार २ सय ६६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ४२ हजार ३ सय ६ जना निको भएका छन् । भदौ २९ गते १ हजार ५ सय ८९ जना निको भएका छन् भने निको हुनेको दर ९५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २९ गतेसम्म १० हजार ९ सय ८४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २९ गते १९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार २ सय २ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २९ गते ४ हजार १ सय ७७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ८२ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २९ गतेसम्म एण्टिजेन परीक्षणबाट ८७ हजार ४ सय १३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २९ गतेसम्म ५२ लाख ४३ हजार २ सय ३६ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार भदौ २८ गतेदेखि स्मार्ट लकडाउन लागू गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार यसअघि बन्द रहेका सबै क्षेत्र खुल्ला गर्दै स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गर्न जोड दिइएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम अनिवार्य स्वास्थ्य मापदण्डलाई पालना गर्दै सबैक्षेत्र खुल्ला गर्ने निर्णय स्मार्ट लकडाउन हो । स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य पालना गर्न भनिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईका साथ पालना गराउँदै स्वास्थ्य सेवा, नियमित कार्यालय सञ्चालन, सानो समूहमा बैठक, गोष्ठी तथा सेमिनार सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । शैक्षिक संस्था, पसल, कोल्ड स्टोर, डिपार्टमेन्टल स्टोर, यातयात, ढुवानी आपूर्ति, मठ, मन्दिर तथा सामाजिक रितिरिवाज पनि सानो समूहमा खुल्ला गरिएको छ । यसबाहेक उद्योग व्यवसाय, होटल तथा रेस्टुरेन्ट, कृषि उत्पादन, खेलकुद, घरायसी भेटघाट तथा हाटबजार लगायतका क्षेत्र पनि स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गराउँदै खुल्ला गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…