कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २८ गते)

भदौ २८ गते १ हजार १ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २८ गते परीक्षण गरिएकामध्ये ९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ५ सय ३२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ४० हजार ७ सय १७ जना निको भएका छन् । भदौ २८ गते १ हजार २ सय ६० जना निको भएका छन् भने निको हुनेको दर ९५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २८ गतेसम्म १० हजार ९ सय ६५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २८ गते १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ३० रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २८ गते ४ हजार ७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ३७ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ २८ गतेसम्म एण्टिजेन परीक्षणबाट ८७ हजार ३१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २८ गतेसम्म ५१ लाख ९८ हजार १ सय ९३ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-28


अनलाइन डेस्क