कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २७ गते)
भदौ २७ गते ८ सय ३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २७ गते परीक्षण गरिएकामध्ये ११ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८ सय ७८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३९ हजार ४ सय ५७ जना निको भएका छन् । भदौ २७ गते १ हजार ४ सय २३ जना निको भएका छन् भने निको हुनेको दर ९५.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २७ गतेसम्म १० हजार ९ सय ४९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २७ गते १३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ७ सय ५५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २७ गते ३ हजार १ सय ४० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७३ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २७ गतेसम्म एण्टिजेन परीक्षणबाट ८६ हजार ६ सय ९४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २७ गतेसम्म ५१ लाख ६६ हजार ६ सय ८९ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्माका २७ जना नागरिक कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा लगाउनबाट वञ्चित भएका छन् । १० जना कोभिशिल्ड र १७ जना स्थानीय भेरोसिल खोपको दोस्रो मात्र लगाउनका लागि प्रतिक्षामा बसेपनि खोप टोली पुग्न नसकेकाले खोप लगाउनबाट वञ्चित भएका हुन् । खोपको लागि खटिएको ओलाङचुङगोला स्वास्थ्य चौकीका अहेब मङ्गल वनेम र कार्यालय सहयोगी डुण्डु शेर्पा बाटोबाटै फर्किएका छन् । अहेब वनेमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नु भयो-'हामी भदौ २२ गते बाटो लागेका थियौ । तर, आधा बाटोबाट फर्कन बाध्य भयौँ ।' याङ्मा बस्तीको उचाई ४ हजार २ सय हो । तर, ५ हजार २ सय उचाईको बाटो काट्नुपर्ने र फेरि झर्नुपर्ने भौगोलिक बनावट भएकाले पुग्न कठिन भएको उहाँले बताउनु भयो । उक्त गाउँमा १३ परिवारका ५२ जनाको बसोवास रहेको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताउनु भयो । ती मध्ये २० जना काम विशेषले सदरमुकाम तथा काठमाडौँतिर भएकाले हाल ३२ जना याङमा बस्दै आएका छन् । चीनसँग सिमा जोडिएको ओलाङचुङगोलास्थित याङ्मा बस्ती सञ्चारविहिन छ । आउँदो दशैँ आसपासमा खोप लगाउने वडाध्यक्ष छेतेन शेर्पा भोटेले जानकारी दिनु भएको छ । भदौ महिनाको अन्त्यसँगै झरी बादल हट्ने र मौसम खुल्ने भएकाले बाटो मर्मत तथा आवतजावत सहज बन्ने भएकाले दशैँसम्ममा खोप लगाउने सम्भावना रहेको वडाध्यक्ष छेतेन शेर्पाको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…