कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २६ गते)
भदौ २६ गते ७ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७६ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २६ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार १ सय ३७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । भदौ २६ गते १ हजार ३ सय ६८ जना निको भएका छन् भने निको हुनेको दर ९५.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २६ गतेसम्म १० हजार ९ सय ३६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २६ गते १२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३ सय ५५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २६ गते ३ हजार ७ सय ३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय १७ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २६ गतेसम्म एण्टिजेन परीक्षणबाट ८६ हजार ६ सय २१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २६ गतेसम्म ५१ लाख ६० हजार ५ सय २४ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ मसान्तसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ २६ गते बैठकको निर्णय बमोजिम निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भएको छ ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि कायम गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ २५ गते बैठकको निर्णय बमोजिम निषेध आदेशको समय अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काले बताउनु भएको छ । निषेध आदेशको समयमा बढी भीडभाड हुने सरकारी कार्यालयले आलापालो प्रणालीमा सेवा प्रवाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशसम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…