कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २५ गते)
भदौ २५ गते ९ सय ६१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २५ गते परीक्षण गरिएकामध्ये ११ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ५ सय ४९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३६ हजार ६ सय ६६ जना निको भएका छन् । भदौ २५ गते १ हजार ६ सय ६० जना निको भएका छन् भने निको हुनेको दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २५ गतेसम्म १० हजार ९ सय २४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २५ गते २१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ९ सय ५८ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २५ गते २ हजार ३ सय ६७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ८५ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २५ गतेसम्म एण्टिजेन परीक्षणबाट ८६ हजार ४ सय ४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २५ गतेसम्म ५१ लाख २० हजार ८ सय ७७ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार स्थानीय प्रशासनले जिल्लामा भदौ २५ गते राति १२ बजेदेखि असोज ४ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको छ । शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गराउन पर्ने भएमा नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणको प्रावधानभित्र रही स्थानीय तहहरूले समितिसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ । धार्मिक स्थलमा गरिने नित्य पुजाबाहेक अनावश्यक जमघट, भेला, भिडभाड, सभा जुलुस, जात्रा, महोत्सव जस्ता कार्यहरू नगर्न निषेध आदेशमा उल्लेख गरेको छ ।
काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले १० दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ । कोभिड सङ्क्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले लकडाउनको समय थप गरिएको हो । यसअघि १० दिन थप गरिएको मिश्रित लकडाउन भदौ २५ गते राति १२ बजेसम्म रहेकामा जोखिम मूल्याङ्कन बमोजिम असोज ५ गते राति १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…