कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २४ गते)

भदौ २४ गते १ हजार ५८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २४ गते परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८ सय ९८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन् । भदौ २४ गते १ हजार ८ सय ४५ जना निको भएका छन् भने निको हुनेको दर ९४.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २४ गतेसम्म १० हजार ९ सय ३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २४ गते १४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ६ सय ७८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २४ गते ३ हजार ४६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय १३ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ २४ गतेसम्म एण्टिजेन परीक्षणबाट ८६ हजार २ सय १९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २४ गतेसम्म ५१ लाख २ हजार २ सय ४४ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-24


अनलाइन डेस्क