कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २० गते)

  ०७८ भदौ २० गते 

भदौ २० गते ९ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६९ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २० गते परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार १ सय ७० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख २७ हजार १ सय ८५ जना निको भएका छन् । भदौ २० गते १ हजार ५ सय ३४ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २० गतेसम्म १० हजार ८ सय ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २० गते २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार २ सय ४८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २० गते २ हजार ८ सय १ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय १३ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ २० गतेसम्म एण्टिजेन परीक्षणबाट ८५ हजार ५० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २० गतेसम्म ४८ लाख ९५ हजार १ सय ५२ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-20


अनलाइन डेस्क