कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १९ गते)

  ०७८ भदौ १९ गते 

भदौ १९ गते १ हजार २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६८ हजार २ सय ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १९ गते परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ७ सय ५३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख २५ हजार ६ सय ५१ जना निको भएका छन् । भदौ १९ गते २ हजार १ सय ९५ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १९ गतेसम्म १० हजार ८ सय १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १९ गते ९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ८ सय २६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १९ गते ३ हजार १ सय २२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ४४ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ १९ गतेसम्म एण्टिजेन परीक्षणबाट ८४ हजार ९ सय ३७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १९ गतेसम्म ४८ लाख ६३ हजार ८ सय ३५ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-19


अनलाइन डेस्क