कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १८ गते)
भदौ १८ गते १ हजार ३ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६७ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १८ गते परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ७३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख २३ हजार ४ सय ५६ जना निको भएका छन् । भदौ १८ गते २ हजार २ सय ७४ जना निको भएका छन् भने निको हुनेको दर ९४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १८ गतेसम्म १० हजार ८ सय ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १८ गते २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १८ गते ४ हजार ५ सय ६१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ९९ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १८ गतेसम्म एण्टिजेन परीक्षणबाट ८४ हजार ६ सय ३९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १८ गतेसम्म ४७ लाख ९५ हजार ३ सय ७३ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सूचना जारी गर्दै बाँकेमा कोभिड–१९ सङ्क्रमणको दर क्रमशः घट्दै गएको भएपनि जोखिमको सम्भावना कायम नै रहेकाले रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) एवम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको भदौ १७ गते बसेको बैठकको विश्लेषण तथा सिफारिसका आधारमा बाँके जिल्लाभर लागु हुने गरी भदौ १८ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन लागु गर्ने आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्नपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्माट लकडाउनको प्रावधान भित्र रही स्थानिय तहहरूले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गर्नुपर्ने, सबै प्रकारका चाँडपर्वह मनाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि न्युनतम सहभागितामा रुपमा मात्र मनाउने, सर्बसाधारण व्यक्ति, सार्वजनिक तथा निजि सङ्घ संस्था, व्यवसायिक फर्म लगायतबाट सञ्चालन हुने सबै किसिमका कार्यहरू नेपाल सरकारले तोकेअनुसार स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्ने, कोभिड– १९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूले पीसिआर परीक्षणका लागि सम्बन्धित स्थानिय तह र अस्पतालमा सम्पर्क गरी परीक्षण गराउने निर्णय गरेको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…