कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १७ गते)
भदौ १७ गते १ हजार ६ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १७ गते परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय ५८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख २१ हजार १ सय ८२ जना निको भएका छन् । भदौ १७ गते १ हजार ८ सय ४६ जना निको भएका छन् भने निको हुनेको दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १७ गतेसम्म १० हजार ७ सय ८६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १७ गते १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ९ सय ४६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १७ गते ३ हजार ९ सय ९२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ८५ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १७ गतेसम्म एण्टिजेन परीक्षणबाट ८४ हजार २ सय ९४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १७ गतेसम्म ४६ लाख ७७ हजार ९ सय ७६ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा जारी निषेध आदेश असोज २ गतेसम्म थप गरिएको छ । कोभिड व्यवस्थापन समितिको भदौ १७ गते बसेको बैठकको सिफारिसमा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले निषेध आदेशको अवधि थप गर्नुभएको हो । विद्यमान सङ्क्रमणको दर, प्रवृत्ति र मृत्यूदरको आधारमा निषेध आदेश भदौ १८ गतेबाट असोज २ गतेसम्म थप भएको जिल्ला प्रशासन कार्यलयका अधिकृत हर्क रोकाले बताउनुभयो । यसपटकको निषेध आदेशको अवधिमा यसअघि सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जारी निषेध आदेश भदौ २२ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको भदौ १५ गतेको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गर्दै निषेध आदेशको अवधि थप गरिएको जनाएको हो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्लामा जारी निषेध आदेश भदौ ३१ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भदौ १७ गते सूचना प्रकाशन गरी जिल्लामा निषेध आदेश भदौ १८ गते राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्म थप गरिएको जानकारी दिनुभएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…