कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १६ गते)

भदौ १६ गते १ हजार ६ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६४ हजार २ सय ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १६ गते परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय १२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख १९ हजार ३ सय ३६ जना निको भएका छन् । भदौ १६ गते ३ हजार ३० जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १६ गतेसम्म १० हजार ७ सय ७० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १६ गते २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार १ सय ८९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १६ गते ४ हजार ३ सय २३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ४ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ १६ गतेसम्म एण्टिजेन परीक्षणबाट ८३ हजार ९ सय ९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १६ गतेसम्म ४६ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-16


अनलाइन डेस्क