कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १५ गते)
भदौ १५ गते १ हजार ५ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १५ गते परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार १ सय १७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख १६ हजार ३ सय ६ जना निको भएका छन् । भदौ १५ गते १ हजार ७ सय ८६ जना निको भएका छन् भने निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १५ गतेसम्म १० हजार ७ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १५ गते २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय ९१ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १५ गते ३ हजार १ सय ५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ४१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १५ गतेसम्म एण्टिजेन परीक्षणबाट ८३ हजार ५ सय ५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १५ गतेसम्म ४४ लाख ५९ हजार ७ सय ६१ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ २५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ १५ गतेको बैठकको निर्णय अनुसार थप गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काले बताउनु भएको छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ १५ गते एक सूचना जारी गरी निषेध आदेशको अवधि थप गरेको जनाएको छ । कोभिड-१९ को दोस्रो स्वरुपको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न समयमा गर्दै आएको निषेध आदेशका केही प्रावधान खुकुलो बनाइएकोमा जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ अवलम्बन गरी सर्वसाधारणको स्वास्थ्य हितलाई ध्यानमा राखी भदौ १५ गतेदेखि भदौ ३१ गते राति १२ बजेसम्मको लागि रौतहट जिल्लाभरको लागि निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ १५ गते राती १२ बजेबाट लागु हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो । निषेध आदेशको अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, १५ जना भन्दा बढी सहभागी नहुने गरी सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न र पार्टी प्यालेस, नाच घर, फुटसल, जिमखाना र फुटपाथ पसल सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । होटेल, रेष्टुरेन्ट र चिया पसल बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्रै सञ्चालनमा गर्न सकिने र निषेध आदेश उल्लङ्घन गरेमा सङ्क्रमण ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…