कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)
भदौ १३ गते १ हजार २ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १३ गते परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ५९ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख १२ हजार ७ सय १२ जना निको भएका छन् । भदौ १३ गते २ हजार २ सय ६० जना निको भएका छन् भने निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १३ गतेसम्म १० हजार ७ सय १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १३ गते २४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७ सय ९६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १३ गते ३ हजार ३८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ७४ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १३ गतेसम्म एण्टिजेन परीक्षणबाट ८२ हजार ९ सय ७१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १३ गतेसम्म ४० लाख ५२ हजार ७ सय ६५ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयद्वारा जारी अवस्था प्रतिवेदन अभिलेखमा भदौ ११, १२ र १३ गते पूर्ण खोप लगाउनेको सङ्ख्या उही देखिन्छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा जारी निषेध आदेश आगामी भदौ २१ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भदौ १३ गते सुचना प्रकाशन गरी भदौ २१ गतेसम्म निषेध आदेश लम्ब्याउनु भएको हो । यसअघि सोही दिन जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको (डिसिएमसिसी) को बैठकले तनहुँमा कोभिडको जोखिम अझै कम नभएको हुँदा जारी निषेध आदेशलाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो । निषेध आदेशको उल्लङ्घन गरेमा कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङको जनआदर्श अमरसिंह माविका एकजना विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक खेम गुरुङका अनुसार भदौ १० गते विद्यालयका ६० जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ पुष्टि भएपछि भदौ ११ गतेदेखि १० दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको हो । प्रधानाध्यापक गुरुङले अन्य विद्यार्थीहरुलाई कुनै लक्षण पनि नदेखिएको र सङ्क्रमित विद्यार्थीको पनि स्वास्थ्य अवस्था सामान्य भएता पनि सङ्क्रमण नफैलियोस् भनेर विद्यालय बन्द गरिएको बताउनुभयो । गाउँपालिकाले विद्यालयलाई अर्को सूचना नभएसम्मका लागि पठनपाठन स्थगन गर्न निर्देशन समेत दिएको छ । थासाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शकुन्तला अधिकारीद्वारा हस्ताक्षरित पत्रमा एकजना विद्यार्थीमा पुष्टि भएको कोभिड–१९ को सङ्क्रमण अन्यमा फैलन नपाओस् भन्ने कुरालाई दृष्टिगत गर्दै पठनपाठन बन्द गर्न भनिएको छ । मुस्ताङमा हालसम्म ५ सय ५१ जनामा कोभिड–१९ पुष्टि भएकोमा अहिले नौ जना सक्रिय सङ्क्रमित रहेका छन् । मुस्ताङमा कोभिड–१९ सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…