कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १२ गते)
भदौ १२ गते १ हजार ५ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १२ गते परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ४ सय ९ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख १० हजार ४ सय ५२ जना निको भएका छन् । भदौ १२ गते २ हजार २ सय २२ जना निको भएका छन् भने निको हुनेको दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १२ गतेसम्म १० हजार ६ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १2 गते २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ८ सय ६६ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १२ गते ३ हजार ७ सय ६७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ४१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १२ गतेसम्म एण्टिजेन परीक्षणबाट ८२ हजार ४ सय ५६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १२ गतेसम्म ४० लाख ५२ हजार ७ सय ६५ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयद्वारा जारी अवस्था प्रतिवेदन अभिलेखमा भदौ ११ र १२ गते पूर्ण खोप लगाउनेको सङ्ख्या उही देखिन्छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ २७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ १२ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका जिल्लामा जारी निषेध आदेशको समय भदौ २१ गते सम्मका लागि थप गरिएको छ । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरू बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुल्ला गर्ने पाइने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे बताउनु भएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार समुदायस्तरमा कोभिड–१९ को सङक्रमण फैलिएपछि टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको वडा कार्यालयबाट प्रवाह हुने सेवा भदौ १९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष नरबहादुर राईले बताउनु भएको छ । वडाका विभिन्न स्थानमा कोभिड–१९ को सङक्रमण पुष्टि भएपछि सेवा प्रवाह गर्दा समुदायस्तरमा थप सङक्रमण फैलन सक्ने भएकोले सेवा बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष राईले बताउनु भएको छ ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा नआएपछि रामेछाप नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले भदौ ११ गते एक सूचना जारी गरी भदौ २२ गतेसम्म पालिकाले प्रदान गर्ने सेवा बन्द गरेको जनाएको हो । जिल्लामा स्थानीय प्रशासनले पनि भदौ २२ गतेसम्मका लागि निषेध आदेश जारी गरेपछि रामेछाप नगरपालिकाले स्वास्थ्य सेवा र फोहोरमैला व्यवस्थापन बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…