कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ११ गते)
भदौ ११ गते १ हजार ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५६ हजार ४ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ११ गते परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ७ सय ५२ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८ हजार २ सय ३० जना निको भएका छन् । भदौ ११ गते २ हजार ३ सय ३७ जना निको भएका छन् भने निको हुनेको दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ११ गतेसम्म १० हजार ६ सय ६३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ११ गते २५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ५ सय ९९ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ११ गते ४ हजार ३ सय ६५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ८८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ११ गतेसम्म एण्टिजेन परीक्षणबाट ८२ हजार ४ सय ५६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ११ गतेसम्म ४० लाख ५२ हजार ७ सय ६५ जनाले पूर्ण खोप पाइसकेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश खुकुलो भइ थप भएको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भदौ १० गते आदेश जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश भदौ १० गतेदेखि अर्को सूचना नआएसम्म थप गरिएको जानकारी दिनुभएको छ ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा जारी निषेध आदेश १० दिन थप भएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले भदौ १० गते एक सूचना जारी गर्दै भदौ १० गते राति १२ बजेदेखि भदौ २० गते राति १२ बजेसम्म निषेध आदेश थप गरिएको जानकारी दिनुभएको छ ।
कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको २०७८ भदौ १० गते बसेको बैठकले जिल्लामा जारी गरिएको निषेध आदेश भदौ १० गते रातिदेखि लागु हुने गरी भदौ २० गते राति १२ बजेसम्मका लागि थप गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनु भयो । थप गरिएको अवधिमा स्वास्थ्य सेवा, दुध डेरी, पेट्रोलियम पदार्थ, वर्कसप, तरकारी तथा फलफूल पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । गोष्ठी, तालिम, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्नु परेमा बढीमा २५ जना मात्रै रहने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरेर सञ्चालन गर्न सकिने र आदेश विपरीत कार्य गरेको खण्डमा प्रचलित ऐन, नियम र कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको २०७८ भदौ १० गते बसेको बैठकले जिल्लामा जारी निषेध आदेश अर्को सूचना नआएसम्म निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालद्वारा जारी आदेशमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नआएसम्म निषेध आदेश जारी रहने र आदेशको पालना गर्न/गराउन सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घसंस्था, उद्योगी, व्यापारी, पेसाकर्मी, सञ्चारकर्मी तथा आम नागरिकको कर्तव्य हुने जारी आदेशमा उल्लेख गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…