कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ८ गते)
भदौ ८ गते २ हजार २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५१ हजार १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ८ गते परीक्षण गरिएकामध्ये २० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ९ सय ९ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख २ हजार १ सय ८३ जना निको भएका छन् । भदौ ८ गते २ हजार ८६ जना निको भएका छन् भने निको हुनेको दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ८ गतेसम्म १० हजार ५ सय ६८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ८ गते ३५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २ सय ५० रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ८ गते ४ हजार ९ सय १ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५ सय ५ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ८ गतेसम्म एण्टिजेन परीक्षणबाट ८० हजार ९ सय ६७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ८ गतेसम्म ३८ लाख ५७ हजार ५ सय ९८ जनाले पूर्ण खोप पाइसकेका छन् ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भदौ १४ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भदौ ७ गते सूचना प्रकाशन गरी आगामी भदौ १४ गतेसम्म निषेध आदेश लम्ब्याउनु भएको हो । यसअघि भदौ ७ गते दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसिसी) को बैठकले तनहुँमा कोभिडको जोखिम अझै कम नभएको र पछिल्लो दिनमा सङ्क्रमितको सख्या बढ्दै गएको तथा छिमेकी जिल्लाहरुमा नयाँ डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको हुँदा जारी निषेध आदेशलाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो । तनहुँमा कोभिडको जोखिम अझै कम नभएको र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि धेरै नै भएको तथा छिमेकी जिल्लाहरुमा नयाँ डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको हुँदा जारी निषेध आदेशलाई निरन्तरता दिनुपर्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनु भयो । कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत वैशाख २२ गतेबाट जारी भएको निषेध आदेश पटक पटक थप गर्दै पछिल्लो पटक भदौ ७ गतेसम्मका लागि लम्ब्याइएको थियो । निषेध आदेशको सूचना अनुसार तरकारी, फलफुल, माछा मासु तथा खाद्यान्न पसल बिहान ५ देखि ११ बजेसम्म र त्यस बाहेक खोल्न अनुमति दिइएका अन्य व्यवसाय भने मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…