कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ७ गते)

भदौ ७ गते १ हजार ५ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४८ हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ७ गते परीक्षण गरिएकामध्ये  १८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ७ सय ४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९७ जना निको भएका छन् । भदौ ७ गते १ हजार ९ सय २४ जना निको भएका छन् भने निको हुनेको दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ७ गतेसम्म १० हजार ५ सय ३३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ७ गते २४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३ सय ५१ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ७ गते २ हजार ६ सय २२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ५३ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ ७ गतेसम्म एण्टिजेन परीक्षणबाट ८० हजार ४ सय ६२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ७ गतेसम्म ३८ लाख ५७ हजार ५ सय ९८ जनाले पूर्ण खोप पाइसकेका छन् ।

Corona Infographics 2078-05-07


अनलाइन डेस्क