कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ६ गते)

  ०७८ भदौ ६ गते 

भदौ ६ गते १ हजार ७ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ६ गते परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ४ सय ४३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ९८ हजार १ सय ७३ जना निको भएका छन् । भदौ ६ गते २ हजार २ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ९३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ६ गतेसम्म १० हजार ५ सय ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ६ गते २४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७ सय ५१ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ६ गते ३ हजार ७३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय १८ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ ६ गतेसम्म एण्टिजेन परीक्षणबाट ८० हजार २ सय ९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ६ गतेसम्म ३८ लाख ४६ हजार ७ सय ३६ जनाले पूर्ण खोप पाइसकेका छन् ।

Corona Infographics 2078-05-06


अनलाइन डेस्क