कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ५ गते)

भदौ ५ गते १ हजार ४ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ५ गते परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ७ सय ३ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९ सय २५ जना निको भएका छन् । भदौ ५ गते २ हजार ३ सय ८२ जना निको भएका छन् भने निको हुनेको दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ५ गतेसम्म १० हजार ४ सय ८५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ५ गते ३० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३ सय २१ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ५ गते ५ हजार ३ सय ७२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ सय ५१ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ ५ गतेसम्म एण्टिजेन परीक्षणबाट ७९ हजार ९ सय ९१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ५ गतेसम्म ३८ लाख ३५ हजार ६ सय ८ जनाले पूर्ण खोप पाइसकेका छन् ।

Corona Infographics 2078-05-05


अनलाइन डेस्क