कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ४ गते)
भदौ ४ गते २ हजार ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४४ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ४ गते परीक्षण गरिएकामध्ये २० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ५ सय ३० ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ९३ हजार ५ सय ४२ जना निको भएका छन् । भदौ ४ गते २ हजार २ सय ४४ जना निको भएका छन् भने निको हुनेको दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ४ गतेसम्म १० हजार ४ सय ५५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ४ गते २६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय ९ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, दाङ, रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ४ गते ७ हजार १ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९ सय ६३ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ४ गतेसम्म एण्टिजेन परीक्षणबाट ७९ हजार ३ सय ४० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ४ गतेसम्म ३७ लाख ९९ हजार १ सय ७८ जनाले पूर्ण खोप पाइसकेका छन् ।
काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर बढेपछि भदौ ४ गतेदेखि भदौ १५ गतेसम्म स्मार्ट लकडाउनको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा भदौ ३ गते जारी आदेशमा स्मार्ट लकडाउनको अवधिभर सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर आदि सञ्चालन गर्ने पाइने छैन् । साथै हाट, मेला, जात्रा, महोत्सव, पार्टि भोज जस्ता भिडभाड हुने कार्य नगर्ने र गोष्ठी, सेमीनार, बैठक, समीक्षा प्रशिक्षण जस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट सञ्चालन गर्नु आग्रह गरिएको छ । यसैगरी, सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कुल सिट क्षमता भन्दा बढी यात्रु नराखी निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने भनिएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा थप पाँच दिन निषेध आदेश थपिएको छ । जिल्लामा कोभिड सङ्क्रमितको दर उच्च गतिमा फैलिएपछि यसको नियन्त्रणका लागि पाँच दिन जिल्लाभर कडाइका साथ लागु हुने गरी निषेध आदेश थपिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा भदौ ४ गते बसेको बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेध आदेश थप गरेको हो । यस अवधिमा स्वास्थ्य सामग्री तथा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने फलफूल, तरकारी, दाना लगायतका पसल भने बिहान १० बजेसम्म मात्रै सञ्चालन हुने बताइएको छ । जिल्लामा अहिले कोभिडविरुद्ध को खोप अभियान पनि जारी छ । खोप केन्द्रमा नागरिकको भीडभाड व्यवस्थापन नहुँदा सङ्क्रमण थप बढ्ने जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती
आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै…
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…