कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३ गते)
भदौ ३ गते २ हजार ३ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ३ गते परीक्षण गरिएकामध्ये प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ९ सय ४६ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ९१ हजार २ सय ९९ जना निको भएका छन् । भदौ ३ गते २ हजार १ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ३ गतेसम्म १० हजार ४ सय २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ३ गते ३३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५ सय रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ३ गते ४ हजार ४ सय ९२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७ सय ५४ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ३ गतेसम्म एण्टिजेन परीक्षणबाट ७८ हजार ३ सय ७७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ३ गतेसम्म ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण खोप पाइसकेका छन् ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला सदरमुकाम चरिकोटमा जारी निषेध आदेश पुनः सात दिनका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को भदौ २ गते बसेको बैठकले जिल्लामा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै आगामी भदौ ९ गतेसम्मका लागि सदरमुकाम चरिकोट क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेल बताउनु भयो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ भित्र पर्ने चरिकोट बजारका लागि जारी गरिएको निशेधाज्ञामा सम्पूर्ण पसल, व्यापार, होटल, रेष्टुरेन्ट लगायत अन्य सबै व्यवसाय सहित बैङ्क तथा वित्तिय संस्था सहकारी संस्थाहरू पूर्ण रुपमा बन्द भएका छन् । निषेध आदेशको समयमा भिडभाड हुने कुनै पनि किसिमको सभा, सम्मेलन, विवाह ब्रतबन्ध, धार्मिक, सांस्कृतिक गतिविधिहरू गर्न समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा सूचनामा उल्लेख गरिएको छ । चरिकोट बजार क्षेत्रमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको भए पनि लामो दुरीका यातायाता साधान भने सञ्चालन भएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले पनि गाउँपालिका अनुसार तालिका बनाई सेवा प्रवाह गर्दै आएका छन् ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्लामा जारी रहेको निषेध आदेशमा कडाई गर्दै थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म गप भएको छ । जारी गरिएको आदेश अवधिभर सार्वजनिक तथा नीजि सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जारी रहेको निषेध आदेश भदौ १५ गतेसम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले साउन ३२ गते एक सूचना प्रकाशन गरी निषेध आदेश साउन ३२ गते राति १२ बजेदेखि भदौ १५ गतेसम्म थप भएको जानकारी दिएको छ ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार समुदाय स्तरमासमेत कोभिड–१९ सङ्क्रमण फैलिएपछि रम्भा गाउँपालिका–२ फोक्सिङकोटको वडा कार्यालयबाट प्रवाह हुने सेवा भदौ ३ गतेदेखि १० गतेसम्म बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष उमानसिंह सारूले बताउनु भयो । वडाका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको बेला सेवा प्रवाह गर्दा समुदाय स्तरमा थप सङ्क्रमण फैलन सक्ने भएकोले सेवा बन्द गर्ने निर्णय गरिएको सारूले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…