कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २ गते)
भदौ २ गते २ हजार ६ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३९ हजार ९ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ८ सय ३९ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ८९ हजार १ सय ७३ जना निको भएका छन् । भदौ २ गते २ हजार १ सय ४ जना निको भएका छन् भने निको हुनेको दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २ गतेसम्म १० हजार ३ सय ९६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २ गते ४२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय ८८ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २ गते ४ हजार ९ सय ९९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७ सय ९० जनालाई कोभिड पुष्टि भएको छ । भदौ २ गतेसम्म एण्टिजेन परीक्षणबाट ७७ हजार ६ सय २३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २ गतेसम्म ३६ लाख ४९ हजार ७ सय ६० जनाले पूर्ण खोप पाइसकेका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार मादी नगरपालिकाले कोभिड–१९ सङ्क्रमण बढेकाले भदौ २ गतेदेखि १० गतेसम्मका लागि सील गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ २ गतेको बैठकले सील गर्ने निर्णय गरिएको नगरपालिका प्रमुख विदुरसुब्बा लिङ्थेपले बताउनु भयो । सील गरिएको समयमा नगरपालिका बाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै सेवासहित नगरपालिका कार्यालयका बन्द गर्ने निर्णय गरिएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ ले भदौ १ गते विज्ञप्ति प्रकाशन गरी भदौ २ गतेदेखि भदौ ४ गतेसम्म वडा कार्यालयको अत्यावश्यक बाहेकका दैनिक सेवा बन्द गरेको जानकारी दिएको छ । वडा कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएको र अरु तीन जना कर्मचारीमा कोभिडको लक्षण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङको लागि सेवा बन्द गरिएको जानकारी दिएको छ ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको साउन ३२ गतेको बैठकले भदौ १२ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ । यस अवधिमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उद्योग, कलकारखाना, पसल/व्यवसाय सञ्चालनमा आउने छन् । अत्यावश्यक सेवाहरू, औषधि पसल लगायतका सेवा भने सुचारु हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । शिक्षण क्रियाकलाप, सभा, गोष्ठी, धार्मिक कार्यक्रम, जुलुस, सम्मेलन लगायतका काम गर्न भने रोक लगाइएको प्रजिअ पाण्डेले बताउनु भयो ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको भदौ २ गते बसेको बैठकले कोभिडको सङ्क्रमण बढी भएका स्थानीय तहमा भदौ २ गतेबाट निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । जिल्लाको मदाने गाउँपालिकामा भदौ २ गतेबाट भदौ ७ गतेसम्म, सत्यवति र छत्रकोट गाउँपालिकामा भदौ १० गतेसम्म निषेध आदेश जारी गरिएको प्रजिअ शर्माले बताउनु भयो । मदाने गाउँपालिकामा २० जना, सत्यवति गाउँपालिकामा १ सय ३२ र छत्रकोट गाउँपालिकामा १ सय १६ जना सक्रिय सङ्क्रमित रहेका छन् भने जिल्लामा हालसम्म ६ सय ५६ जना सक्रिय सङ्क्रमित छन् ।
मालपोत कार्यालय सुर्खेतले दुई सातासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कर्मचारीमा कोभिड– १९ को सङ्क्रमण देखिएपछि कार्यालयले सूचना जारी गर्दै भदौ २ गतेदेखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको जनाएको छ । यस अवधिमा विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने जारी सूचनामा उल्लेख गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…