कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते १ हजार ७ सय ९३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३२ हजार २ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ३१ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८८ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ८२ हजार ६ सय ८२ जना निको भएका छन् । साउन ३१ गते १ हजार ८ सय ६७ जना निको भएका छन् भने निको हुनेको दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ३१ गतेसम्म १० हजार २ सय ९२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ३१ गते ३३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार साउन ३१ गते ४ हजार १८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय १९ जनालाई कोभिड पुष्टि भएको छ । साउन ३१ गतेसम्म एण्टिजेन परीक्षणबाट ७५ हजार १ सय ३० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार साउन ३१ गतेसम्म ३३ लाख ६४ हजार १ सय ५७ जनाले पूर्ण खोप पाइसकेका छन् ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार दुई जना नर्ससहित आठ जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमणपुष्टि भएपछि मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको ओपीडी सेवा बन्द गरिएको छ । चिकित्सक तथा कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि साउन २९ गतेदेखि अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो । बिरामीको नाम दर्ता गर्ने शाखाका चार जना, दुई जना नर्स र दुई जना कार्यालय सहयोगीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी निराजन पौडेलले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लामा साउन ३१ गतेबाट पुनः निषेध आदेश लगाइएको एक सूचनामार्फत जनाएको छ । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणबाट हालसम्म जिल्लामा ५३ जनाको मृत्यु भएकोले सुरक्षाको मापदण्ड कडाइका साथ अवलम्बन गरी सर्वसाधारणको स्वास्थ्य हितलाई ध्यानमा राखी साउन ३१ गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रकोसाउन ३१ गते बसेको बैठकले जारी निषेध आदेश भदौ १० गतेसम्म थप गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा अब खाद्यान्नका पसल बिहान १० बजेसम्म सञ्चालन गरिने र अन्य पसलहरू १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको बताउनु भयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा सङ्क्रमितको सङ्ख्या घटेसँगै खुकुलो बनाइएको निषेध आदेश १० दिनको लागि कडा पारिएको छ । पछिल्लो समय कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि भदौ १ गते राति १२ बजेबाट भदौ ११ गते राति १२ बजेसम्म निषेध आदेशलाई कडाई गर्दै थप गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो । निषेध आदेशको अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दैनिक उपभोग्य लगायतका अत्यावश्यक सामग्री विक्री गर्ने पसललाई बिहान ५ बजेबाट बिहान १० बजेसम्म खोल्न पाउने भनिएको छ । आदेशमा सभा सम्मेलन गोष्ठी, तालिम, सेमिनार गर्न रोक लगाइएको छ भने अत्यावश्यक बाहेकको काममा हिँडडुल नगर्न पनि प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ । साउन ३१ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा गरिएको निर्णयको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले निषेध आदेश जारी गर्नुभएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…