कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २८ गते)
साउन २८ गते २ हजार ४ सय ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २८ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ८ सय ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ७७ हजार ३ सय ७७ जना निको भएका छन् । साउन २८ गते २ हजार २ सय ९४ जना निको भएका छन् भने निको हुनेको दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २८ गतेसम्म १० हजार २ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २८ गते ३२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार १ सय ८० रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकाले मादी नगरपालिकाले साउन २८ गते राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्म नगरपालिका सील गर्ने निर्णय गरेको छ । साउन २७ गतेको बैठकले सील गर्ने निर्णय गरिएको मादी नगरपालिका प्रमुख विदुर सुब्बा लिङ्थेपले बताउनु भयो । सील गरिएको समयमा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै किसिमका सेवासहित नगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले साउन २७ गते सूचना जारी गर्दै भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरेको छ । कोभिड–१९ को सङ्क्रमण दर र मृत्युदर बढेकाले यसअघि साउन ३ गते जारी गरिएको निषेध आदेशलाई पुनः निरन्तरता दिएको प्रशासनले जनाएको छ । जारी रहेको निषेध आदेश अवधि भरमा सवारी साधनमा जोरबिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित सङ्घसंस्थाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सञ्चालन गर्न पाइने भनिएको छ । यस्तै प्रशासन कार्यालयले सरकारी तथा गैरसरकारी संस्थाहरुलाई होटल, रिसोर्टहरुमा कुनै पनि कार्यक्रम, भेला र गोष्ठी नगर्न आदेशमा उल्लेख गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…