कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २५ गते)
साउन २५ गते २ हजार ६ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख १७ हजार ४ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २५ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ४ सय ४५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भएका छन् । साउन २५ गते १ हजार ७ सय ८४ जना निको भएका छन् भने निको हुनेको दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २५ गतेसम्म १० हजार १ सय १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २५ गते २२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २ सय ८८ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकाले बेलवारी नगरपालिकाले साउन ३२ गतेसम्मका लागि नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ । साउन २५ गतेको बैठकले सङ्क्रमण दर बढेको भन्दै लकडाउन गर्ने निर्णय गरेको बेलवारी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्तोष विश्वकर्माले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले साउन २४ गतेदेखि साउन ३२ गतेसम्म जिल्लाभर निषेध आदेश जारी गरेको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार चैनपुर नगरपालिकाले भदौ ७ गते सम्मका लागि लकडाउन गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढेकाले साउन २४ गतेदेखि भदौ ७ गतेसम्मका लागि लकडाउनको निर्णय गरिएको नगर प्रमुख भरतकुमार खत्रीले बताउनु भएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार महालक्ष्मी नगरपालिकाले साउन ३२ गते सम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यकीय बाहेका सेवा बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढेकाले साउन ३२ गते सम्मका लागि नगरपालिकाभित्र सील गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरीले बताउनु भएको छ । सील अधिमा दैनिक उपभोग्य वस्तुका पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न अनुमति दिएको नगरपालिकाले जनाएको छ ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले सदरमुकाम चरिकोटमा निषेध आदेश जारी गरेको छ । यसअघि अनिश्चितकालीन निशेध आदेश जारी गरेको स्थानीय प्रशासनले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित दिनप्रतिदिन बढेकाले एक साताका लागि सदरमुकाम चरिकोट बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसीको साउन २५ गते बसेको बैठकले पछिल्ला दिनहरूमा सङ्क्रमणको दर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि साउन २७ गते राति १२ बजेदेखि भदौ २ गते राति १२ बजेसम्म चरिकोट बजार पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ का बजार क्षेत्रका सम्पूर्ण पसल, दोकान, व्यापार, व्यवसाय, होटल रेष्टुरेण्ट, पूर्ण रुपमा बन्द गर्ने तथा लामो दूरीका सवारी साधनहरू बाहेक नगरक्षेत्रमा आन्तरिक सवारी आवगमनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सूचनामा सदरमुकाम चरिकोटस्थित सेवाग्राहीको सङ्ख्या धेरै हुने सरकारी कर्याललयहरूले गाउँपालिकाको सेवा आलोपालो मिलाई सेवा प्रवाह गर्ने र भिडभाड हुन नपाउने ढङ्गले स्वास्थ्य मापदण्ड अनुसार सेवा प्रवाहको प्रवन्ध मिलाउन भनिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…