कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १८ गते)
कात्तिक १८ गतेसम्म आइपुग्दा १ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमिकतको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १८ गते थप २० जना सङ्क्रमितको मृत्यु भएपछि र्मत्यु हुनेको सङ्ख्या १ हजार ४ पुगेको हो । कात्तिक १८ गते ३ हजार १ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ११ हजार १ सय ६६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना निको भएका छन् । कात्तिक १८ गते ३ हजार १ सय ४२ जना निको भएका छन् भने निको हुनेको दर ७८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३७ हजार ४ सय ७६ जनाको उपचार भइरहेको छ । ३० हजार ६ सय ९४ जना होम आइसोलेशनमा छन् भने ३ सय ७२ जनाको उपचार आइसीयूमा र ६८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि दमक नगरपालिकाले कात्तिक १९ गते साँझ ४ बजेदेखि बिहान ८ बजेसम्म अर्को सूचना नआएसम्मका लागि आंशिक लकडाउन गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिनु भयो । मेयर रोमनाथ ओलीको अध्यक्षतामा कात्तिक १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आंशिक लकडाउन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताउनु भयो । बेलुकीको समय भीडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधिभित्र पूर्ण रूपमा बजार पसल तथा हिँड्डुलमा रोक लगाइएको अधिकारीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…