कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते २ हजार १ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख १४ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २४ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ३३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६९ हजार २ सय ९९ जना निको भएका छन् । साउन २४ गते २ हजार २९ जना निको भएका छन् भने निको हुनेको दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २४ गतेसम्म १० हजार ९३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २४ गते ५५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय ८५ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, बागलुङ, कास्की, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । हालसम्म ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष सङ्क्रमित भएका छन् ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश कडाई गर्दै जाने र सङ्क्रमण बढेमा जुनसुकै बेलामा पूर्ण निषेध आदेश लागु गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले साउन २४ गते एक सूचना जारी गर्दै कोरोना कोभिड–१९ को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा साउन ३२ गतेसम्म लागु गर्दै निषेध आदेशमा कडाइ गरिएको हो । प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दुध डेरी, माछामासु, अण्डा, चल्ला, दाना, खान पकाउने ग्यास पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । दुध डेरीको हकमा साँझ ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ । यस्तै अन्य पसलहरू आइतबार, मङ्गलबार र बिहिबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ । यस्तै सवारी साधन जोर गते जोर नम्बर र बिजोर गरे बिजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार पाँच जना कर्मचारीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि गोरखा नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । साउन २४ गते सूचना जारी गर्दै नगरपालिकाले पाँच जना कर्मचारीलाई कोभिड सङ्क्रमण देखिएको तथा थप ६ जना कर्मचारीको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि पठाइएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तद्वारा हस्ताक्षरित सूचनामा साउन २५ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको उल्लेख छ । वडा कार्यालय र स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवा भने सुचारु रहने नगरपालिकाले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…