कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २३ गते)
साउन २३ गते २ हजार २ सय ३१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख १२ हजार ७ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २३ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८ सय ६६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६७ हजार २ सय ७० जना निको भएका छन् । साउन २३ गते १ हजार ७ सय २२ जना निको भएका छन् भने निको हुनेको दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २३ गतेसम्म १० हजार ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २३ गते १९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय ३२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, बागलुङ, कास्की, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्लामा कोभिड–१९ का सङ्क्रमित थपिएसँगै जारी निषेध आदेशलाई पुनः थप गरेर एक साताको लागि लम्ब्याइएको छ । साउन २५ गतेबाट लागु हुने गरी आदेश थप गरिएको हो । निषेध आदेशमा अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतिलाई कायम गरिएको छ भने सवारी साधनमा जोरबिजोर प्रणाली कायम गर्दै पसल खोल्ने समय घटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा साउन २३ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेध आदेश थप गर्दै पसल खोल्ने यस अघिको निर्णयलाई परिमार्जन गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । अब प्रत्येक दिन बिहान ११ बजेसम्म खोलिँदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । अन्य व्यवसाय १२ बजेदेखि ४ बजेसम्म मात्र सञ्चालनका लागि अनुमति दिइएको छ ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार नौकुण्ड गाउँपालिकामा स्थानीयले कोभिड–१९ सङ्क्रमण विरुद्धको खोप लगाएनन् । जिल्लाको दुर्गम गाउँपालिकाका स्थानीय नागरिकमा जनचेतना अभावले कोभिड–१९ विरुद्ध खोप नलगाएका हुन् । महामारीको समयमा खोप लगाउनका लागि आवश्यक जनचेतनामुलक कार्यक्रम गर्न नसकेपछि स्थानीयले खोप नलगाएका हुन् । 'खोप लगाउन टोलटोलमा सूचना छैन ।’-नौकुण्ड गाउँपालिका–१ का दावा तामाङले भन्नुभयो–'खोपको उपयोगिताबारे प्रशस्त जानकारी पनि छैन । सुरुमा खोप लगाएर केही बिरामी परेको हल्लाले पनि खोप नलगाएका हुन् ।’ नौकुण्ड गाउँपालिकाको वडा नं १, २ ,३ र ६ नं वडामा खोप लगाउन स्थानीयले नमानेपछि त्यहाँ बचेको २ हजार डोज खोप कालिका गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकामा लगेर प्रयोग गरिएको छ । लकडाउनको समयमा कोभिड महामारी तथा कोभिडविरूद्धको खोप बारे जनचेतनामुलक कार्यक्रम गर्न नसकेको नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनुभयो । ५० वर्ष माथिका नागरिकले पनि तोकेको समयमा खोप लगाएनन् । सुरुको खोपले केही बिरामी परेको भन्ने हल्ला चलेपछि सूचना दिए पनि खोप लगाउन स्थानीय नआएका हुन । सो गाउँपालिकामा १८ वर्ष माथिका ७ हजार जना खोप लगाउनु पर्नेमा सो उमेर समूह खोप कार्यक्रममा सहभागी नभएको हो । आमाछोदिङ्मो र गोसाइकुण्ड गाउँपालिकामा भने १८ वर्ष माथिका अधिकांश नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…