कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १८ गते)
साउन १८ गते २ हजार २ सय ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १८ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय १३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ५८ हजार १ सय २२ जना निको भएका छन् । साउन १८ गते १ हजार ९ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १८ गतेसम्म ९ हजार ८ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १८ गते २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ६ सय २९ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नुवाकोट, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहे पनि विद्यालय सञ्चालन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले साउन १८ गते पत्र काटेर तत्काल बन्द गर्न निर्देशन दिएको छ । विद्यालयका शिक्षकसमेत सङ्क्रमित भइरहेको अवस्थामा जिल्ला सदररमुकामका निजी तथा सामुदायिक विद्यालयहरू सञ्चालन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै विद्यालयहरू सञ्चालन नगर्न अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई सम्बोधन गरी पत्र समेत लेख्दै विद्यालय सञ्चालनमा रोक लगाएको जनाएको छ । साथै भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन नगर्न कडा निर्देशन जारी गर्दै निषेध आदेश कडाइका साथ पालना गर्नगराउन प्रहरीलाई समेत निर्देशन गरेको छ । निषेध आदेश विपरीत बन्द गर्नु भनिएको शैक्षिक क्रियाकलाप गर्दा कोभोड–१९ सङ्क्रमणको सम्भावना उच्च देखिएकोले कानुन बमोजिम दण्डनीय मानिएको गतिविधि सञ्चालन गरेमा स्थानीय सरकार र विद्यालयहरू जिम्मेवार हुने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
रामेछाप प्रतिनिधि नवराज घिमिरे का अनुसार कोभिड–१९सङ्क्रमण बढेपछि रामेछाप नगरपालिकाले साउन १८ गतेदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले साउन १८ गते एक सूचना जारी गरी साउन ३२ गतेसम्मको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको हो ।
नवलपरासी बर्दाघाट सूस्ता पूर्व प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश साउन ३२ गतेसम्म थप भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको साउन १८ गतेको बैठकको निर्णय अनुसार जिल्लामा जारी रहेको निषेध आदेश साउन २१ गतेदेखि साउन ३२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पूर्वले एक सूचना प्रकाशन गरी जानकारी दिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…