कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते)
साउन १७ गते १ हजार ९ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १७ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ४ सय २ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ५६ हजार १ सय ९७ जना निको भएका छन् । साउन १७ गते २ हजार २० जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १७ गतेसम्म ९ हजार ८ सय ७५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १७ गते १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार २ सय ९८ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
रामेछाप प्रतिनिधि नवराज घीमिरेका अनुसार जिल्लामा जारी निषेध आदेश साउन १७ गतेबाट ३२ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्क्रमण जारी नै रहेकोले निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले जानकारी दिनुभयो । निषेध आदेश थप भएसँगै औषधि पसलबाहेक अन्य पसल बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुल्न पाउने छन् । साथै सभा जुलुश, जात्रा, महोत्सव, भोज, भतेर गर्न रोक लगाइएको भने शैक्षिक गतिविधि, प्रशिक्षण तालिम, गोष्ठि, हाटबजार, खेलकुद्, स्वीमिङ् पुलहरू बन्द गरिएको छ ।
यसैबिच, गोकुलगङ्गा गाउँपालिकाका दुई ओटा वडा ०७८ साउन १६ गतेबाट साउन २२ गतेसम्मको लागि सील गरिएको छ । सो गाउँपालिकाको वडा नं. १ चुचुर र वडा नं. ४ बेतालीलाई सील गरिएको गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले जानकारी दिनुभयो । कोभिड–१९ का सङ्क्रमित बढेपछि ती वडालाई सील गरिएको हो । सील गरिएका दुवै वडा कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा साउन २२ गतेसम्मलाई बन्द गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर बढ्ने जोखिम कायमै रहेकोले साउन १६ गतेदेखि साउन २९ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा साउन १५ गते बसेको डिसीएमसीको बैठकले निषेध आदेश थप गर्ने निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनु भयो । कोभिड–१९ सङ्क्रमणका कारणले बन्द भएका विद्यालयहरू कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने विषयमा अध्ययन गरी १० दिन भित्र प्रतिवेदन बुझाउन स्वास्थ्य कार्यालयका प्रमुख र शिक्षा विकास तथा समन्वय समितिका प्रमुखलाई बैठकले जिम्मेवारी दिएको समेत साहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…