कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते)
साउन १५ गते २ हजार ४ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १५ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ८३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ५२ हजार २ सय ६१ जना निको भएका छन् । साउन १५ गते १ हजार ८ सय १६ जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १५ गतेसम्म ९ हजार ८ सय ३४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १५ गते २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार १४ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार केही दिनदेखि बागलुङमा जारी रहेको कोरोना बिरुद्धको खोप अभियानमा पहुँचवालाहरुले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासोपछि केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपको लागि लक्षित वर्ग नतोकेको कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मको लागि कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदा सम्मका लागि स्थगित भएको उहाँको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताउनुभयो । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उहाँले बताउनुभयो ।
सरकारबाट नयाँ लक्षित वर्ग तोकिए पछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ । जिल्लामा अहिलेसम्म कोभिड शिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोनसन एण्ड जोनसन ११ हजार बढी, भेरोसेल २२ हजार र कोभिड शिल्ड १४ हजार ६ सय ४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिनुभयो ।जिल्लामा भेरोसेल खोपको पहिलो डोज २२ हजार २ जनालाई लगाइएको र दोस्रो डोज भने १८ हजार १२ जनालाई लगाउन बाँकी रहेको उहाँको भनाई छ । १२ हजार ६० डोज जोनसेन एण्ड जोनसेन खोप आएकोमा १० हजार ३ सय नागरिकलाई लगाइएको खत्रीको भनाइ छ । बागलुङमा १८ वर्ष माथिका १ लाख १ सय ८१ जनालाई खोप लगाउनु पर्ने खत्रीले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना नभएसम्मका लागि तोकिएका सेवा सञ्चालन हुने गरी निषेध आदेश थप गरेको छ । साउन १५ गतेसम्म जारी भएको निषेध आदेश अनिश्चित कालका लागि थप गरिएको भएपनि होटल व्यवसाय ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न अनुमति दिएको छ । साउन १४ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा होटल सञ्चालन गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकरी शिव कुमार कार्कीले जानकारी दिनुभयो । यसअघि भएका निर्णयमा रेष्टुराँ र खाजाघर खुल्ला गरेपनि आवासीय होटल सञ्चालन गर्न दिइएको थिएन । होटल व्यवसायीले होटल खुल्ला गर्न र खोप लगाउन माग गर्दै आएका थिए । सरकारले खुल्ला लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न प्रशासनले सूचना जारी गर्दै अनुरोध गरेको छ । विद्यालय तथा परीक्षा सञ्चालन नगर्ने तर विश्वविद्यालय र उच्च माबिका परीक्षा सरकारले निकाले तालिका अनुसार मापदण्ड पुर्याएर गर्न पाउने व्यवस्था भएको छ ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप साउन १५ गतेबाट सुरु भएको छ । साउन १५ गते बडिमालिका नगरपालिका वडा नम्बर ८, ९ र त्रिबेणी नगरपालिकाबाट सुरु गरिएको र साउन १६ गतेबाट बुढीगङ्गा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकाका अन्य वडाहरूमा सुरु गरिने स्वास्थ्य कार्यालय, बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनु भयो । यसैगरी, जिल्लाका पूर्वी उत्तरी क्षेत्रका चार ओटा स्थानीय तह बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकामा साउन १७ गतेबाट खोप अभियान सञ्चालन गरिने चन्दले बताउनु भयो । तेस्रो चरणको खोप अभियानमा ५५ वर्षदेखि ६१ वर्ष उमेर समूहका नागरिक, व्यापारी, सामाजिक व्यक्ति, शिक्षक, सार्वजनिक यातायात चालक, सहचालक र खोप अनिवार्य गरेका विदेशमा जाने नागरिकहरूलाई लक्षित गरेर खोप लगाउन सुरु गरिएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताउनु भयो । यो पटक जिल्लामा ९ हजार ७ सय डोज खोप उपलब्ध छ ।
जिल्लामा सबैलाई नपुग्ने भएकोले बढी जोखिम तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्द्रले बताउनु भयो । कोभिड–१९ विरुद्धको खोप अभियान व्यवस्थित हुन नसक्दा कोभिड सङ्क्रमणको जोखिम बढ्ने बताउँदै खोप केन्द्रहरूमा भिड धेरै भएको भएपनि सामाजिक दूरी कायन नगरिएको स्थानीय योगेन्द्र थापाले बताउनु भयो । जिल्लामा उपलब्ध खोप बडिमालिका नगरपालिकामा १ हजार ६ सय ४८ डोज, बुढीगङ्गा नगरपालिकामा १ हजार ९ सय ९० डोज, बुढीनन्दा नगरपालिकामा ६ सय ७० डोज, त्रिबेणी नगरपालिकामा १ हजार ६ सय ९० डोज, खप्तड छेडेदह गाउँपालिकामा १ हजार ७ सय २८ डोज, गौमूल गाउँपालिकामा ७ सय ८९ डोज, स्वामीकार्तिक खापर गाउँपालिकामा ४ सय ४६ डोज, जगन्नाग गाउँपालिकामा ३ सय २९ डोज र हिमाली गाउँपालिकामा ३ सय २४ डोज पठाएको निमित्त प्रमुख चन्दले बताउनु भयो । पहिलो र दोस्रो चरणको खोप अभियानमा जिल्लाका १९ हजार १ सय ३१ जनामा खोप लगाइएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…