कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते)
साउन १४ गते २ हजार ३ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १४ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ५ सय ५५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ५० हजार ४ सय ४५ जना निको भएका छन् । साउन १४ गते १ हजार ३ सय ७३ जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १४ गतेसम्म ९ हजार ८ सय ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १४ गते १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ३ सय ९० रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन २९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको साउन १४ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै जारी निषेध आदेशको अवधि साउन २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको साउन १४ गतेको बैठकले गत वैशाख १९ गतेबाट जारी निषेध आदेश साउन २० गतेसम्मका लागि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनु भयो । जिल्लाभर सबै किसिमका व्यवसायिक संस्था तथा पसलहरू बिहान ६ बजेदेखि साँझ ६ बसेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने जारी निषेध आदेशमा उल्लेख छ ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेकाले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतमा साउन १४ गते बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले १० दिनका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको छ । यसअघि निषेध आदेशका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै सञ्चालन हुने र सार्वजनिक यातायात पनि अघिल्लो पटक तोकिएको समयसम्म मात्र सञ्चालन गर्न सकिने जारी निषेधाज्ञामा जनाइएको छ । स्वास्थ्य मापदण्ड अपनाएर निर्धारण गरिएको परीक्षा लिन पाइने प्रशासनले जनाएको छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिको साउन १३ गतेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित परीक्षा लिन अनुमति दिएको हो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जारी रहेको निषेध आदेश साउन ३२ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड रोकथाम तथा व्यवस्थापन केन्द्र मुस्ताङले साउन १४ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश साउन ३२ गतेसम्म थप गरिएको जानकारी दिएको हो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएका ७५ प्रतिशत बढी नागरिकलाई दोस्रो चरणको खोप लगाउन ढिलाइ भएको छ । जिल्लामा सुरु भएको पहिलो चरणको खोप अभियानमा १९ हजार ४ सय ९८ जनाले खोप लगाएको भएपनि दोस्रो चरणको खोप अभियानमा ६ हजार ३ सय ५ जनाले मात्रै खोप पाएका थिए । ज्येष्ठ नागरिकलाई लक्षित गरेर पहिलो चरणमा आएको कोभिडसिल्डको दोस्रो मात्रा नआएकोले धेरै जनाले खोप पाउन नसकेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो । तेस्रो चरणमा सञ्चालन गरिने खोप अभियानमा भेरोसिल र जोन्सन एण्ड जोन्सन खोप आउने जानकारी प्राप्त भएको र जिल्लामा खोप आएलगत्तै जिल्ला खोप समन्वय समितिको बैठकले निर्णय गरे अनुसार खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हिरश भट्टले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…