कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ११ गते)
साउन ११ गते २ हजार ३ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८२ हजार ९ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ११ गते परीक्षण गरिएकामध्ये २० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार २ सय ४० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ४५ हजार ३ सय १ जना निको भएका छन् । साउन ११ गते १ हजार ६ सय ८६ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ११ गतेसम्म ९ हजार ७ सय ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ११ गते २५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ९ सय ८ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन १९ गते सम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै गएपछि निषेध आदेशको समय थप गर्ने निर्णय अनुसार निषेध आदेशको समय थप गरिएको जिल्ला प्रशासन कार्यालयद्घारा निषेध आदेश सम्बन्धी सूचनामा उल्लेख छ । निषेध आदेशको समयमा खाद्यान्नलगायतका पसल बिहान ९ बजे सम्म सञ्चालनका लागि अनुमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेध आदेशको समयमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दर बढेकोले धरान उपमहानगरपालिकाले तरकारी पसल बिहान ९ बजे सम्म र अन्य पसलहरू १० बजे देखि साँझ ५ बजे सम्म मात्र सञ्चालन गर्न पाइने सूचना साउन ११ गते सार्वजनिक गरेको छ । कोभिड–१९ को सङ्क्रमण कर्मचारीमा पुष्टि भएपछि इटहरी उपमहानगरपालिकाले साउन ११ गतेदेखि १८ गतेसम्म नगरपालिका र वडा कार्यलयका सेवा बन्द गरेको छ । कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि आन्तरिक कार्य तथा उपलब्ध हुने सेवाहरू बन्द गरिएको प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले बताउनु भएको छ । जिल्लामा साउन ११ गतेदेखि १२ ओटै स्थानीय तहमा कोभिड–१९ विरूद्धको खोप अभियान सुरू भएको छ । जिल्लामा साउन ११, १२ र १३ गते भेरोसेल र साउन १४, १५ र १६ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकोले विर्तामोड नगरपालिका साउन १९ गते सम्म सील गरिने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढेकाले नगरपालिकाले सील गर्ने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले बताउनु भएको छ । सीलका समयमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन १० गते बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको भन्दै अर्को सूचना जारी नभएसम्म अर्थात अनिश्चितकाल सम्मका लागि निषेध आदेशको अवधि थप गर्ने निर्णय गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको दर कायमै रहेकाले सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि साउन १ गतेबाट थप भएको उक्त आदेश जिल्लाभर पुनः थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले १० दिनको लागि निषेध आदेशको अवधि पुनः थपेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले साउन ११ गते जारी गरेको आदेश साउन २० गते गतेसम्म रहने छ । नुवाकोटमा सङ्क्रमणमा कमी नआएका कारण निषेध आदेश थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समितिको साउन ११ गते बसेको बैठकले जिल्लामा जारी गरिएको निषेध आदेश साउन २१ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । विभिन्न शैक्षिक संस्थाहरूले पूर्व निर्धारण गरेका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्दा स्वास्थ्यको मापदण्ड पालना गरी सिफ्ट व्यवस्थापन गरेर एउटा कोठामा २५ जना मात्रै राखेर सञ्चालन गर्न र परीक्षा हल अनिवार्य रुपमा सेनिटाइज गर्नसमेत सूचना जारी गरिएको सूचना अधिकारी जोशीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…